Tuesday, December 10, 2024

हाम्रो बारेमा

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा आयोजना व्यवस्थापन कार्यालयबाट कार्यान्वयन गरिएको यस शुभाघाट शहरी खानेपानी तथा सरसफाइ आयोजना जिल्ला स्तरीय, क्षेत्रिय, तेश्रो साना शहरी, दोश्रो साना शहरी हुँदै शहरी खानेपानीमा परिष्कृत भएको आधुनिक प्रविधियुक्त खानेपानी आयोजना हो। यसले हाल गुर्भाकोट नगरपालिकाका ६, ७, ८ र ९ गरि ४ वटा वडाका ३२५१ घरधुरीलाई शुद्ध पिउने पानी र सरसफाइको सेवा प्रवाह गरिरहेको छ।

नेपाल आफैँमा जलस्रोतको दोश्रो धनी देश भएता पनि पर्याप्त पुँजीको अभाव, देशको अस्थिर राजनीतिक अवस्था, भ्रष्टाचार, मनोमानीतन्त्र जस्ता समस्याका कारण देशका अधिकांश शहर तथा दुर्गम क्षेत्रहरुमा अहिले सम्म खानेपानी समस्या व्याप्त छ। जसको निराकरणको खाँतिर शहरी विकास मन्त्रालयद्वारा नेपाल सरकारको ७० प्रतिशत लगानी, नगर विकास कोषको २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत स्वयं उपभोक्ताको सहभागिता लगानी रहने गरि त्रिपक्षीय बजेट संरचना मार्फत निर्माण हुने गरि सोही बमोजिमको त्रिपक्षीय अपनत्व र जिम्मेवारी रहने अवधारणा ल्याई आयोजना कार्यान्वयन गराइएको हो।

फलस्वरुप यस अन्तर्गत देशभर बनेका २० ओटै आयोजनाहरु सफल र व्यवस्थित हुँदै गएको पाइन्छ। कूल ६२ करोड ४८ लाख ९२ हजार ७ सय १५ रुपैयाँ लागतमा सम्पन्न भएको यस शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०७५ सालमा गुर्भाकोट नगरपालिकामा दर्ता भई आशिष सिएबि प्रेरा जेभीले राष्ट्रिय स्तरको प्रतिस्पर्धाद्वारा विधिवत रुपमा ठेक्का प्राप्त गरि २०७९ श्रावण ६ गते निर्माण सम्पन्न भई २०७९ भाद्र महिना देखि २८७९ उपभोक्तालाई शुद्ध खानेपानी तथा सरसफाइको सशुल्क सेवा दिदै आइरहेको छ। ९ सदस्यीय सञ्चालक समिति र २४ जना कर्मचारी कार्यरत रहेको यस शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय रोजगारी प्रवर्द्धनमा पनि योगदान दिएको छ।